सेनाले दाङमा बाढीको जोखिममा परेका परिवारलाई सार्‍यो

नेपाली सेनाले अविरल वर्षापछि बाढीको कारण जोखिममा रहेका दाङको विभिन्न स्थानमा बासिन्दाको उद्दार गरेको छ । नेपाली सेनाको १९ नम्बर बाहिनी अन्तर्गतको रणसिंह दलबाट खटिएका सैनिकहरुले दाङको लमही नगरपालिका र राप्ति गाउँपालिकाको बासिन्दालाई सुरक्षित स्थानमा सारेको हो ।
अविरल वर्षपछि राप्ती नदीमा पानीको सतह बढ्दा वडा नम्बर ८ स्थित सतरबरियास्थित धनपूर्वा, दुगुर्वा र बग्रहवा र राप्ती गाउँपालिको वडा ५ स्थित सिसहनिया र वडा ४ स्थित अर्नहवा गाउँका डुबानमा रहेका दुई सय घर मध्ये उच्च जोखिममा रहेका ३५ घरका बासिन्दालाई सुरक्षित स्थानमा लगेको नेपाली सेनाले जनाएको छ । त्यसैगरी पहिरोको कारण अवरुद्ध घोराही लमही सडकमा खुलाउन पनि पहिरो पन्छ्याउन काम गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर