नेप्से परिसूचक सामान्य अंकले वृद्धि, कारोबार रकममा पनि सुधार

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ४.१५ अंक बढेर १८७०.६३ बिन्दुमा बन्द भएको हो ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले बढेको छ ।

बिहीबार कारोबारमा आएका २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सामान्य सुधार भएको छ । बुधबार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको परिसूचकबाहेक अरू सबै उपसमूहको परिसूचक बढेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.५३ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ ।

बिहीबार अभियान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै रुरु जलविद्युत् परियोजनाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यता सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य ४.४५ प्रतिशत घटेको छ। आज नबिल बैंकको ३ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर