‘आगामी निर्वाचनपछि केपी ओलीको नेतृत्वमा सरकार बनाउनुको विकल्प छैन’

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् ।

रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले देशलाई संकटको भूमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने बताए । बिहीबार रूपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले एमालेको विजयीलाई सुनिश्चित हुनेगरी निर्वाचनको काममा खटिन पनि स्थानीय नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उपाध्यक्ष पौडेलले निर्वाचनमा उम्मेदवारी दिने बेलामा माथिबाट केही गल्ती भएको हुनसक्ने भन्दै त्यसमा चित्त नदुखाउन पनि पार्टीका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *