बिलबिजकभन्दा फरक साढे ४१ लाखको सामानसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट बुधबार सशस्त्र प्रहरीले करिब ४१ लाख ५४ हजार रुपैयाँ बराबरको ५ सय ४० कार्टुन पेय पदार्थ र सय बोरा मैदा बोकेको दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–६ बस्ने ४१ वर्षीय सभापति यादव र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–५ बस्ने ३८ वर्षीय जितबहादुर थिङ छन् ।

विराटनगरबाट सप्तरीतर्फ आउँदै गरेको ना ४ ख ७८८३ र बा ५ ख ६९३५ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामानको बिलबिजकमा उल्लेख भएभन्दा फरक पाइएपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी हरिपुरले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा ट्रकसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर