उपनिर्वाचनमा सेना परिचालन हुने

सरकारले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्ने भएको छ । मन्त्रिपरिषदको वैशाख १० गतेको निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका हुन् ।

यही वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन हुँदै छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले सेना परिचालन स्वीकृति दिएको उल्लेख गर्दै बिहीबार विज्ञप्ति जारी गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर