निर्वाचन आयोगले सञ्चालनमा ल्यायो ‘कल सेन्टर’

निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि सो कल सेन्टरको शुभारम्भ गरिएको हो ।

कल सेन्टरबाट सेवा लिनका लागि निःशुल्क ११०२ टोल फ्री नम्बरको पनि व्यवस्था गरिएको छ । शुक्रबार आयोगको कार्यालय कान्तिपथमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपुर लाभ लिनका लागि सबैलाई आग्रह गरे ।

त्यस अवरमा उनले आयोग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारी गराए ।

कल सेन्टरमा निर्वाचनसम्बन्धी सबै जिज्ञासाहरू सम्बोधन हुनेगरी आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर