निर्वाचन आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने दुष्प्रयास नगर्न चेतावनी

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन कानूनअनुसार आफ्नो कार्यसम्पादन गर्दा पनि प्रेस स्वतन्त्रताविरोधी गतिविधि गर्‍याे भनेर केही निकायले भन्ने गरेको उल्लेख गर्दै त्यस्तो दुष्प्रयास नगर्न सचेत गराए ।

शुक्रबार आयोग कार्यालयमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रेस काउन्सिल नेपाललाई पनि आयोगमाथि अझ बढी निगरानी राख्न र गम्भीर बन्न आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगले निर्वाचन कानून र संवैधानिक मूल्यमान्यताबमोजिम निर्वाचनको कार्यसम्पादन गर्नका लागि विभिन्न निकायहहरूलाई निर्देशन दिनसक्ने व्यवस्था रहेको पनि स्मरण गराए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *