यस्तो छ संस्कृतिविद् सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जली तालिका

संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको हो ।

जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण थियो । डेंगु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चालसम्बन्धी समस्या देखिएको थियो ।

यस्तै अक्सिजन कमी भएर उनलाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भए पनि अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । श्रद्धाञ्जली दिनका लागि ९ः४५ बजेदेखि १०ः४५ बजेसम्म उनको शवलाई अस्पतालको शैय्यामा नै राखिने र १०ः४५ बाट ११ः३० सम्म परिवारको तर्फबाट हिन्दू संस्कारअनुसार गर्नुपर्ने काम हुने तालिका रहेको ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

उनले १०ः४५ देखि ११ः३० सम्ममा अस्पतालमा नै अन्तिम बिदाइका लागि राखिने, ११ः३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तालिका रहेको छ । त्यस्तै १२ बजेदेखि १२ः३० बजेसम्म पालिका अस्पतालबाट ललितपुर महानगरपालिकामा ल्याउने र १२ः३० देखि अपराह्न ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।

त्यस्तै ४ बजेदेखि ४ः३० बजेसम्म पुनः किस्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्युपर्यन्त मेडिकल साइन्सका विद्यार्थीहरूलाई अध्ययनका लागि हस्तान्तरण गर्ने प्रणअनुसार किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको मेयर महर्जनले बताए ।

उनको अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरू जाने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर