कैलाली कांग्रेसका १० नेता पार्टीबाट निष्कासित

नेपाली कांग्रेस कैलालीले सत्ता गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध बागी बनेका १० जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।

कांग्रेस कैलालीले बागी उम्मेदवारी दिएका ६ जना रहेका छन् । सभापति नारायणदत्त भट्ट उम्मेदवारसँगै उसको प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो । उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो ।

कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ (२) मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कैलाली क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नविनकुमार बोहरा, २ (२) मा भरतकुमार शाही, ३ (२) का गोविन्दराज जोशी, ३ (२) कै लक्ष्मण शाही र ४ (२) की भगवती पाठक रहेकी छन् ।

यस्तै भरतकुमार शाहीका समर्थक कमलकुमार विक, गोविन्दराज जोशीका प्रस्तावक कमलबहादुर बडुवाल र समर्थक देवीराम खत्री पनि पार्टीबाट निष्कासित भएका छन् । त्यस्तै क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई पनि काँग्रेसले कारबाही गरेको छ। जोशी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको समर्थक बसेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *