आधुनिकताले नेपाली मौलिक बाजा मादलको व्यवसाय संकटमा

सरकारले नेपाली मौलिक बाजाहरूको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । विगतका तिहारहरूमा बजारमा मादलको माग आत्यधिक हुने गरे पनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरूले गुनसो गरेका हुन् ।

विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरे पनि यो वर्ष भने बजारबाट माग नै नआएको गुनसो उनीहरूको छ । विदेशी कला, संस्कृति र बाजाहरूलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरूको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको मादल व्यवसायी रिमबहादुर कुरुले बताए ।

उनले विगतमा मादलको माग उच्च हुने गरेको तर पछिल्लो समय भने माग आउन छाडेको बताए । उनले मादल विभिन्न जातजातिका कला, संस्कृतिअनुसार नेपालीहरूले मात्रै प्रयोग गर्ने गरेको बताए । कुरुले नेपाली मादललाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सके मादल व्यवसायको समेत संरक्षण हुनसक्ने बताए ।

उनले मादल व्यवसायको संरक्षण गर्न सरकारले विद्यालय तहमा नेपाली मौलिक बाजाको विषयमा पाठ्यक्रम नै सामवेश गर्नुपर्ने बताए । उनले सरकारले व्यवसाय सञ्चालनको लागि बैंकको ऋणमा सहुलियत व्यवस्था गर्नुपर्ने बताए ।

उनले नेपाली बजारमा मादलको मूल्य १५ सयदेखि ६ हजारसम्म पर्ने गरेको बताए । कुरुका अनुसार मादल बनाउने सम्पूर्ण कच्चा पदार्थ नेपाली नै प्रयोग हुने गरेको छ ।

त्यस्तै अर्का मादल व्यवसायी विष्णु तामाङले पछिल्लो समय मादलको व्यापार नै हुन छाडेको बताए । उनले विशेष गरेर तिहारमा मादलको व्यापार हुने भए पनि अहिले मादलको व्यापार ९० प्रतिशतले कम रहेको बता ए।

उनले नेपाली मादलको समेत माग हुन छाडेको अवस्थामा भारतीय मादल नेपालमा बिक्री वितरण हुन थालेको बताए । उनले सरकारले नेपाली मौलिक बाजा मादललाई संरक्षण गर्नको लागि मादल बनाउन प्रयोग हुने सामग्रीमा सहजता बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

गाउँ तथा शहरमा देउसीभैलो खेल्नेले मादल किन्ने भए पनि अहिले मादलको ठाउँमा साउण्डसिस्टम प्रयोगमा आउँदा मादल व्यवसाय संकटमा परेको छ । अहिले मादल किन्नेभन्दा ठूलाठूला स्पिकर किन्ने र स्पिकरमा गीत बजाउने हुँदा तिहारको गीतसमेत गाउन छाडिएको छ ।

पछिल्लो समय सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको देखिन्छ । नेपाली मौलिकता र परम्परासँग जोडिएको बाजा मादल व्यवसाय आधुनिकतासँगै संकटमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर