सशस्त्रका एआईजी वंशीराज दाहालले लगाए दर्ज्यानी चिह्न

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वंशीराज दाहालले दर्ज्यानी चिह्न लगाएका छन्। उनलाई बुधबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले दाहाल सशस्त्र प्रहरी नायब महानिरीक्ष (डीआईजी)बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका हुन् ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि संगठनमा सेवारत रहँदा पदोन्नति महत्त्वपूर्ण रहने बताउँदै बढुवासँगै थप भएको पदीय दायित्व पूर्ण व्यावसायीक र जिम्मेवारीका साथ निर्वाह गर्न निर्देशन दिए ।

उनले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई इमानदार, कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा र सुरक्षामा क्रियाशील रहनुका साथै नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई सीमा सुरक्षामा डेडिकेटेड फोर्सको रूपमा परिचालन गर्ने नीतिअनुरूप देशको सिमानाको रेखदेख, सीमा अपराध नियन्त्रण, अवैध चोरीपैठारी तथा राजस्व चुहावट नियन्त्रणमा आवश्यक योजनासहित उत्कृष्ट ढंगले कार्यसम्पादन गर्नसमेत निर्देशन दिए ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल, नेपालको भूमिका र कर्तव्य उल्लेखनीय रहने चर्चा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भने, ‘संगठनले के दिन्छ भन्दा पनि संगठनलाई के दिन सक्छु भन्ने भावना लिएर अगाडि बढ्न सकियो भने कार्यक्षेत्रमा सदैव सफलता मिल्ने छ ।’

उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, अधिकृत र बिल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

One thought on “सशस्त्रका एआईजी वंशीराज दाहालले लगाए दर्ज्यानी चिह्न

  1. A.i.g.साहब २प्रदेशको सबै भन्दा ठूलो तसकरि महोतरीको सम्सिमा तपाईंको d.i.g को घुमुवा बाट चलिरहेको लाई पहिलो प्राथमिकता दिएर बन्द गर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर