आयोगको निर्णयले उम्मेदवारहरूमा भूकम्प नजाला भन्न सकिँदैन : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका छन् ।

शुक्रबार प्रदेश १ मा आयोजित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ प्रदेशस्तरीय सञ्चारमाध्यमसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका हुन् । उनले आगामी १० दिनमा आयोगले आचारसंहिता उल्लंघन गर्नेहरूलाई कारबाही गरेको निर्णयले उम्मेदवारहरूमा भूकम्प जानसक्ने आशंका व्यक्त गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु नभएको बताए । उनले आचारसंहिता उल्लंघन गरेको बारेमा स्पष्टीकरण सोध्नुलाई कारबाहीको प्रक्रिया प्रारम्भको रूपमा लिनुपर्ने बताए । उनले आचारसंहिता उल्लंघन गरेको उजुरी परेका उम्मेदवारले तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा मात्रै निर्वाचन आयोगले कारबाही नगर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई कारबाही गर्न आयोग दृढ रहेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर