ओलीले थोरै मात्र शक्ति आर्जन गरे हामीले देश छोडेर भाग्नुपर्ने अवस्था आउँछ : माधव नेपाल

सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्र्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले प्रतिगामी शक्तिहरूसँग साठगाँठ गरेको आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले ओलीले राप्रपाजस्ता प्रतिगामी शक्तिहरूसँग साठगाँठ गरेकाले गणतन्त्र खतरामा पार्ने भन्दै होसियार रहन पनि आम मतदातालाई आग्रह गरे ।

चुनावको सम्मुखमा पारेर सत्तारूढ गठबन्धनले शुक्रबार बुटवलमा आयोजना गरेको संयुक्त कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै उनले ओलीले थोरै मात्रै शक्ति आर्जन गरे भने आफूहरू देश छोडेर भाग्नुपर्ने अवस्था आउने जिकिर गरे । ओली राजसंस्थालाई पुनर्स्थापित गर्ने, देशमा घात गर्ने शक्तिहरूसँग मिलेकाले उनीबाट गणतन्त्र खतरामा पर्ने देखिएको अध्यक्ष नेपालको तर्क थियो ।

उनले केपी ओली सरकारमा रहँदा नै मुलुकमा अनुचित कार्यहरू भएको बताउँदै अझै पनि उनमा सुधारको सम्भावना नदेखिएको बताए ।

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन भने देशको आवश्यकता भएको बताए । उनले देशमा संविधान रक्षा गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन आफूहरूले गठबन्धन गर्नुपरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर