हामी एकै डुंगामा छौं, जिते सबैले जितिन्छ, हारे सबैले हारिन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनको खतरा रहुन्जेलसम्म गठबन्धनलाई अगाडि लैजानुपर्ने बताएका छन् ।

शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनको खतरा रहँदासम्म गठबन्धन अगाडि जानुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले चुनावसम्मका लागि मात्रै गठबन्धन नगरिएको भन्दै चुनाव सकिएपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे । उनले आफ्नो पार्टी मात्रै नहेरी गठबन्धनका सबै उम्मेदवारहरूलाई विजय गराउन पनि आग्रह गरे ।

अध्यक्ष दाहालले सबै एकै डुंगामा सवार रहेको उल्लेख गर्दै जिते सबैले जित्ने र हारे सबैले हार्ने बताए । उनले एकअर्कालाई सहयोग गर्ने र एकताबद्ध भई जनताको बीचमा जानलाई उच्च प्राथमिकता दिन अपिल गरे ।

उनले देशको आर्थिक विकासलाई गति दिने जिम्मेवारी पनि गठबन्धनको काँधमा रहेको बताए । अध्यक्ष दाहालले गठबन्धन नयाँ मिसन र भिजनसहित देशको आर्थिक विकासमा केन्द्रित हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर