चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा सी चयन, यी उच्च अधिकारीले पाए अवकाश

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनले पार्टीको महासचिवमा वर्तमान राष्ट्रपति सी चिनफिङलाई चयन गरेको छ । आइतबारदेखि जारी सम्मेलनले सीलाई तेस्रोपटक पार्टीको महासचिवमा चयन गरेको हो ।

महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएका छन् । अवकाश पाउने नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन रहेको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । ली चीनका प्रधानमन्त्रीसमेत थिए ।

महाधिवेशनले शनिवार २०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । अधिवेशनका प्रतिनिधिहरूले सीको विचारधारालाई चिनियाँ भविष्यको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्दै पार्टीको विधान संशोधन गर्न सहमति जनाएका छन् ।

राष्ट्रपति सी अहिले चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव, देशको राष्ट्रपति र सैन्य सङ्गठनहरूका प्रमुख हुन् । उनलाई चिनियाँ सर्वोच्च नेताको उपाधि समेत दिइएको छ । महासचिव भएपछि उनले चिनियाँ सरकारमा नयाँ टोली पनि चयन गर्ने भएका छन् ।

उनले सन् २०१८ मा दुई पटकसम्म मात्र राष्ट्रपति हुन पाउने नियम परिवर्तन गर्दै अनिश्चित कालसम्म देशको शीर्ष नेतृत्वमा रहन सक्ने बाटो खोलेका थिए ।

शनिबारको बैठकमा चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई सीपीसीको कंग्रेसबाट बाहिर निकालिएको छ । राष्ट्रपति सीसँगै बसिरहेका ७९ वर्षीय नेतालाई सुरक्षा अधिकारीको सहारामा बाहिर निकालिएको भिडियो सार्वजनिक भएको हो । उनलाई किन निकालिएको हो भन्नेबारे कारण खुलिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *