सुरक्षा निकायहरूको साझा प्रयत्नले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

गृहमन्त्री खाणले सुरक्षाका धेरै चुनौतीहरू रहे पनि सुरक्षा निकायहरूको साझा र संयुक्त प्रयत्नले सो निर्वाचन सफलतापूर्वक सम्पन्न हुने बताएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा देखिएका जटिलताहरूलाई हल गर्न सरकारले सुरक्षा निकायहरूसँग आवश्यक सहजीकरणको काम गर्ने प्रतिबद्धता जनाए । गृहमन्त्री खाणले सुरक्षाकर्मी र सुरक्षा निकायलाई अत्याधुनिक बनाउने कामलाई सरकारले अझै प्राथमिकताका साथ अघि बढाउने पनि बताए ।

गृहमन्त्री खाणले नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिने विषयलाई राजनीतिक विषय बनाउन नहुने पनि स्पष्ट पारे ।

गोष्ठीमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रभावकारी ढंगले सुरक्षा निकायको परिचालन गर्न सम्बन्धित जिल्लाका जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर