व्यवहारमा लागू गर्न नसके दिएको सम्मानको अर्थ रहँदैन : उपमेयर सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरूले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छन् ।
.
बुधबार भक्तपुरमा आयोजित नेपाल संवत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर शाख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले यस्तो भनेकी हुन् ।

उनले नेपाल संवतको छुट्टै मौलिक महत्त्व र पहिचान रहेको भन्दै नेपाल संवतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन् । उनले सरकारी कार्यालयहरूमा चलाउने डकुमेण्टहरूमा नेपाल संवत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय संवत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गरिन् । उनले अहिलेका राजनीतिक दल र नेताहरूले राष्ट्रिय विभूति शंखधर शाख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताइन् ।

उपप्रमुख डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल संवत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर