कांग्रेसको घोषणा : वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशीताको अनुहारलाई समावेश गरिएको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित निर्वाचन घोषणापत्र सार्वजकि कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतिको आधारलाई विशेष जोड दिइएको बताएका हुन् ।

उनले घोषणापत्र लेख्ने क्रममा विज्ञहरूसहित बसेर लेखेको भन्दै घोषणापत्रमा नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराएको बताए । उनले समग्र समृद्धिका संरचनाले मान्छेलाई सम्बोधन गर्छ कि गर्दैन भन्ने कुरालाई पार्टीले केन्द्रमा राखेको दाबी गरे ।

महामन्त्री शर्माले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेको उल्लेख गरे । उनले राजनीतिक दलहरूबीचमा हुने द्वन्द्वको आधारमा संसद्लाई मेट्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

महामन्त्री शर्माले आगामी निर्वाचनपछि नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । उनले देशलाई अघि लिएर जाने क्रममा भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा पनि पृथक् संकल्पका साथ पार्टी लाग्ने बताए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनःसंरचना गर्ने, पुँजीगत बजेट कसरी खर्च गर्ने र ठूला पूर्वाधारको निर्माणमा नेपाल २४सै घण्टा जागा छ भन्ने कुरा पनि घोषणापत्रमा रहेको उल्लेख गरे । उनले वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना र ५ वर्षमा १२ लाख भन्दा बढी रोजगारी सिर्जना गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।

महामन्त्री शर्माले सार्वजनिक पदधारण गरेको हरेक व्यक्तिले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र त्यसको लागि बाध्यकारी कानून निर्माण गर्ने बताए । उनले सरकारी कार्यालयमा रहेका प्रशासनिक झन्झटलाई अन्त्य गर्ने, शहरी क्षेत्रको फोहोरको समस्यालाई दीर्घकालीन समाधान गर्ने, भूमिहीनहरूको समस्या समाधान गर्ने र सामाजिक विसंगति अन्त्यको दशकको रूपमा देशलाई लैजाने कुरा घोषणापत्रमा समावेश गरिएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *