ललितपुरमा खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा खोटाङका पुरुष पक्राउ

ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा एक पुरुषको हत्या भएको छ। सोही स्थान बस्ने ३५ वर्षीय रामचन्द्र राईको खुकुरी प्रहार गरेर हत्या भएको हो।

हत्या अभियोगमा प्रहरीले खोटाङको साकेला गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरेको छ। उनी सोमबार राति पक्राउ परेका हुन्।

प्रहरीका अनुसार राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे सूचना पाएपछि प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले राजेन्द्रलाई पक्राउ गरेको हो।

प्रहरीकोृ प्रारम्भिक अनुसन्धानबाट रामचन्द्रले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको विषयलाई लिएर वादविवाद हुदाँ राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुलेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर