सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचन प्रचारप्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने

सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रूपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरूसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको प्रस्ट्याएका हुन् ।

बुधबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहितामा व्यवस्था गरिएअनुसार कुनै पनि सरकारी स्रोत र साधनको दुरुपयोग नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ, प्रदेश र स्थानीय सरकारले निर्वाचनमा सरकारी स्रोत र साधनको दुरुपयोग गरे, नगरेको अनुगमनका लागि आवश्यक व्यवस्था मिलाइएको पनि स्पष्ट पारे ।

त्यसैगरी निर्वाचन आयोगले निर्वाचन प्रचारका लागि आयोजना गरिएको आमसभा तथा कोणसभाको तयारीको सम्पूर्ण खर्च पनि निर्वाचन सकिएको मितिले १५ दिनभित्र आयोगमा बुझाउन उम्मेदवारहरूलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले कोणसभा र आमसभामा समेत गरिएको खर्चको विवरण निर्वाचन सकिएको १५ दिनभित्र सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयहरूमा बुझाउन पनि आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर