आमनिर्वाचन-२०७९

मतदान बिहान ७ बजेबाट सुरु हुने, ४८ घण्टा अगाडिदेखि प्रचारप्रसार गर्न नपाइने

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका कार्य गर्दा निर्वाचन आचारसंहितालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरू आज (बिहीबार)बाट प्रचारप्रसारमा जुटिरहेका बेला आयोगले पूर्ण रूपमा आचारसंहिता पालना गर्न सबैलाई सचेत गराएको हो ।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिनअघिबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख भएअनुसार कोणसभा, गोष्ठी, सेमिनार, र्‍याली गर्दा आचारसंहितामा निर्धारण भएका कुराहरूको पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारहरूसँग अपिल गरेका हुन् ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु हुने र मतदान सुरु हुनपूर्वको ४८ घण्टा कुनै पनि उम्मेदवार र राजनीतिक दलहरूले चुनावी प्रचारप्रसार गर्न नपाउने पनि स्पष्ट पारे ।

निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार र राजनीतिक दलहरूले आचारसंहिताको सीमा नमिचीकन प्रचारप्रसार गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुने दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर