नेपाली सेनामा बढुवा भएका रथी र उपरथीले लगाए दर्ज्यानी चिह्न

नेपाली सेनामा उपरथीबाट रथी र सहायक रथीबाट उपरथीमा बढुवा भएका अधिकृतहरूले दर्ज्यानी चिह्न लगाएका छन्।

मन्त्रिपरिषद्को १६ कात्तिकको निर्णयले बढुवा भएका रथी र उपरथीहरूलाई शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

उपरथीबाट रथीमा बढुवा भएका सीताराम खड्कासहित सहायक रथीबाट उपरथीमा बढुवा भएका विजय थापा र आशबहादुर तामाङले दर्ज्यानी चिह्न लगाएका हुन्।

उपरथी खड्काको नेपाली सेनामा प्रधानसेनापति शर्मापछिको जिम्मेवारीमा रहेका भाइस चिफ अफ आर्मी स्टाफ बलाधिकृत रथी बालकृष्ण कार्की अवकाशमा गएपछि उनको स्थानमा बढुवा भएको हो। २५ बेसिकका उपरथी खड्काको बढुवासँगै उनको कार्यकाल एक वर्षको हुनेछ ।

र, याे पनि-

नेपाली सेनामा रथी, उपरथी र सहायक रथी बढुवा, बलाध्यक्ष रथीमा सिताराम खड्का

बलाधिकृत रथी कार्कीको अवकाशसँगै बलाध्यक्ष रथी सरोजप्रताप राणालाई उनको जिम्मेबवारीमा लगिने भएको छ। राणालाई बलाधिकृत रथीको जिम्मेवारी दिइँदैछ।

यस्तै उपरथी खड्का र गोकुल भण्डारीको रिक्त हुने उपरथी पदका लागि सहायक रथी थापा र तामाङको बढुवा भएको हो । बढुवा भएका थापा सैनिक कल्याणकारी महानिर्देशनालय (काज सुदूरपश्चिम पृतना)मा र तामाङ नेपाली सैनिक वार कलेजमा कार्यरत रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *