सात प्रदेश अव्यावहारिक भयो, दश हुनुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन नसकेको बताएका छन्।

आगामी मंसिर ४ गतेको प्रतिनिधि सभार प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।

शनिबार काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतिय प्रणाली र १० वटा प्रदेश हुनुपर्ने धारणा अघि सारेको छ ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले देशमा राजनीतिक स्थिरता दिन नसकेको र गणतन्त्रलाई बलियो बनाउन पनि असक्षम भएको बताए। उनले तीव्र रूपले देशलाई आर्थिक क्रान्ति र समृद्धिर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय प्रणालीमा सरकार प्रमुख वा राष्ट्रप्रमुख कार्यकारिणी हुने व्यवस्था हुन जरुरी रहेको बताए।

उनले समानुपातिक संसद् रहने र संसद्ले संसदीय कार्य व्यवस्थापकीय कार्यमा सीमित रहने कुरा लागू हुन जरुरी रहेको बताए। अध्यक्ष यादवले स्वतन्त्र र निष्पक्ष न्यायलय, राजनीतिक हस्तक्षेप र कार्यकर्ताको नियुक्ति राजनीतिक प्रभावबाट मुक्त, स्वतन्त्र र सक्षम न्यायालयको व्यवस्था गर्नको लागि वर्तमान संविधान संशोधन गर्नु अपरिहार्य रहेको बताए।

अध्यक्ष यादवले देशको निर्वाचन प्रणालीलाई खिचडीको संज्ञा दिँदै निर्वाचन प्रणाली महंगो, विकृतिमूलक भएको बताए। उनले निर्वाचन प्रणालीलाई संशोधन गरेर समानुपातिक निर्वाचन प्रणालीतर्फ अघि बढ्नुपर्ने बताए। उनले अहिलेको निर्वाचन प्रणाली धेरै खर्चिलो भएको र यो प्रणाली निरन्तर रहने हो भने सामान्य नागरिकले चुनाव लड्नसक्ने अवस्था नरहने जिकिर गरे।

उनले न्यायालयको पुनःसंरचना हुनुपर्ने बताए। अध्यक्ष यादवले अहिलेको सात प्रदेशको संरचना अव्यवहारिक भएको उल्लेख गर्दै १० वटा प्रदेश हुनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *