राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेकी छन् । राष्ट्रपतिले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेकाे  राष्ट्रपति कार्यालयद्वारा साेमबार जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि साेमबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।  महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड गएकी हुन् ।  भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी यही कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *