नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ को निर्वाचन बहिष्कार : मोहन वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिष्कार गरेको बताएका छन्।

बुधबार काठमाडौंस्थित शान्तिवाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिष्कार सभामा बोल्दै उनले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताएका हुन्।

उनले विद्यमान राज्यव्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन जरुरी रहेको बताए। उनले नयाँ क्रान्तिको तयारी गर्न क्रान्तिकारी कम्युनिष्टहरू एकताबद्ध हुनुपर्ने बताए।

महासचिव वैद्यले राज्यका तीन वटै अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भइसकेको बताए। शक्ति पृथकीकरणको सिद्धान्त भनिएको भए पनि तिन अंगबीच शक्ति सङ्घर्ष चलिरहेको उनले बताए।

उनले निर्वाचन आयोगले आफूहरूलाई दमन गरिरहेको बताए। आफूहरू निर्वाचनको बहिष्कारको पक्षमा रहेको भन्दै आचारसंहिता नलाग्ने जिकिर गरे। उनले शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्तारूढ गठबन्धनका नेता पुष्पकमल दाहालमाथि आक्रोश पोखे।

उनले दाहालहरूले प्रतिगमनको विरुद्धमा लडेको भनेप नि आफूहरूमाथि प्रतिगमन गरेको बताए। उनले जनताको मौलिक अधिकारलाई खोसेर कुन प्रतिगमनका विरुद्ध लड्ने हो भनी प्रश्नसमेत गरे।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले मंसिर ४ गतेको निर्वाचन खारेज गरेर स्वाधिन स्वयुक्त सरकार बनाउनुपर्ने बताए। उनले स्वाधीन सरकार बनाउँदै संसदीय प्रणालीको अन्त्य गर्नुपर्ने बताए। देशको राजनीतिक मुद्दा समाधान भएपछि मात्रै निर्वाचन गर्नसकिने उनको भनाइ छ।

उनले मंसिर ४ गते हुने निर्वाचनलाई अवज्ञा गर्न जनतालाई अपील गरे। मतपेटिका खाली पठाउन उनले आग्रह गरे। वर्तमान सरकार र व्यवस्था नमान्न पनि उहाँले जनतालाई आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर