मन्त्रीको निधनको शोकमा प्रदेश १ मा आज सार्वजनिक बिदा

प्रदेश १ सरकारले आज सार्वजनिक बिदा दिएको छ। प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा आज सार्वजनिक बिदा दिइएको हो।

थापाको निधनको शोकमा प्रदेश १ सरकारले आव राष्ट्रिय झण्डा झुकाउने निर्णयसमेत गरेको छ।

विगत एक महिनादेखि बिरामी रहेका मन्त्री थापाको उपचारका क्रममा हिजो विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको थियो।

एक महिनाअघि डेंगु संक्रमण पुष्टि भएका उनलाई पछि निमोनियासमेत भएको थियो। नेपाली कांग्रेसका नेता थापा मोरङ क्षेत्र नं. ३ (क)मा प्रदेश सभा उम्मेदवार थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *