आचारसंहितामा कडाइ गरिएपछि उल्लंघनका घटना कम भए : निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेका कारण निर्वाचन आचारसंहिता उल्लंघनका घटना कम भएको बताएका छन्।

उनले आयोग पहिले सुधारात्मक मोडलमा भए पनि यस निर्वाचनबाट दण्डात्मक रूपमा प्रस्तुत भएको बताए। आयोगलाई उत्तेजित भएको आरोप लागेको भन्दै उनले आचारसंहिता परिपालना गराउने सन्दर्भमा आयोग संयमित रहेको बताए।

आयुक्त भण्डारीले बढी आचारसंहिता उल्लंघन हुने समय प्रचारप्रसारको समय भएको भन्दै सो अवधिलाई घटाएका कारण झनै अप्रिय घटनाहरू घट्न नपाएको उल्लेख गरे।

आयुक्त भण्डारीले आचारसंहिता उल्लंघनका १४९ वटा उजुरी निर्वाचन आयोगलाई प्राप्त भएको जानकारी दिए। त्यसमध्ये ११६ जनालाई स्पष्टीकरण सोधेको उनले बताए। त्यसमध्ये ९ वटामा भने आचारसंहिता उल्लंघन भएको निर्णय आयोगले गरिसकेको उनले बताए।

उनले ३५ वटा मिसिलको सन्दर्भमा एक÷दुई दिनभित्रै निर्णय गरिने र अन्य क्रमशः निर्णय हुँदै जाने स्पष्ट पारे। आयुक्त भण्डारीले निर्वाचन आयोगले मतदानपूर्व नै आचारसंहिता उल्लंघन भएका उजुरीहरूको सम्पूर्ण निर्णय प्रक्रिया सक्ने बताए।

त्यस्तै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले गृह र रक्षा मन्त्रालयले संवेदनशील र अतिसंवेदनशील ठाउँहरू पहिचान गर्नुपर्ने बताए। विगतको निर्वाचनमा हुलदंगा भए÷नभएको आधारमा मात्र संवेदनशील र अतिसंवेदनशीलको परिभाषामा राख्नु उचित नहुने उनको भनाइ छ।

उनले मौन अवधिमा उम्मेदवारले पैसा बाँड्ने गरेको भन्दै यसलाई रोक्न ध्यान दिनुपर्ने बताए। उनले र्‍यापिड टिम नै बनाएर मौन अवधिमा पैसा बाँड्नेहरूलाई रोक्न सकिने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर