पैदलयात्रा गरेर एमालेलाई भोट माग्दै ओली (तस्बिरहरू)

नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदलयात्रा कार्यक्रम गरेका छन् ।

मंगलबार नागरिक समाज र स्वतन्त्र अगुवाहरूले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी बने।

चुनावी प्रचारप्रसारकै निरन्तरताका रूपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदलयात्रा गरेका हुन्। उनीहरूले ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको सहभागितामा पैदलयात्रा गरेका हुन्।

पैदलयात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिइन्।

पैदलयात्रामा नागरिक समाज, स्वतन्त्र युवा, समाजसेवीहरूको सहभागिता रह्यो। पैदलयात्रा कार्यक्रममा एमाले उम्मेदवारहरूले नेकपा एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरूलाई बहुमतले जिताउने विश्वास व्यक्त गरे।

पैदलयात्राका क्रममा अध्यक्ष ओली र उनकी धर्मपत्नी शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरूलाई नागरिकले फूलमालाले स्वागत गरेका थिए।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *