घरदैलोमा पुगेर स्थानीय समस्या बुझ्दै विनोद चौधरी, मतदाता उत्साहित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तीव्रता दिएका छन्।

नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन्।

चुनावी घरदैलोका क्रममा उनले विकासका लागि राजनीतिमा आएको बताइरहेका छन्। उद्योगपतिसमेत रहेका कांग्रेस नेता चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए।

उनले विकासका लागि आफ्नो जित आवश्यक रहेको र मतदाताहरूले पनि यसपटक आफूलाई रुचाएको बताए।

कांग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेसँगै नवलपरासी १ का मतदातामा उत्साह देखिएको छ।

हेर्नुस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *