मतदान केन्द्रमा क्यामेरा, मोबाइल, लाइटर, सलाई लैजान नपाइने

निर्वाचन आयोगले क्यामेरा, लाइटर, सलाई, मोबाइलजस्ता वस्तुहरु मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्वयक प्रबन्ध मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आचारसंहिता र प्रचलित निर्वाचन कानूनको व्यवस्था भित्र रहेर काम गर्न गराउन निर्देशन दिएका हुन्।

न्यूज एजेन्सी नेपालसँग बुधबार कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति आयोगले विशेष निर्देशन जारी गरेको जानकारी दिएका हुन्।

आयोगले दिएको निर्देशन कार्यान्वयनका लागि सर्वपक्षीय बैठक गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूाई निर्देशन गरेको छ।

त्यसैगरी मतदान केन्द्रमा लैजान निषेध गरिएका विषयबारे मतदातालाई सूचित गराउन पनि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *