निर्धक्क मतदान गर्न आयोगको आह्वान

निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै यस्तो आह्वान गरेका हुन्।

उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रूपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यसविपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत दिए। प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनीयता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा व्यक्तिको सामाजिक जीवनमा समेत अपm्ठ्यारो पर्नसक्ने खतरा रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर