चितवनमा चुनावी प्रचारमा रहेको उमेश श्रेष्ठको गाडी तोडफोड

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ। चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक बाम– गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा आज तोडफोड भएको हो।

उनको बा३च २०५० नं को गाडीमा इँटा प्रहार भएको हो। सँगै रहेको प्रदेश ३–०१–२४च९०६१ नंको गाडीमा समेत इँटा प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको ।

घरदैलो गर्ने क्रममा पार्किङ गरी राखिएको गाडीमा मोटरसाइकलमा चढेर आएका ५/६ जनाको समूहले इँटा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ। दुवै गाडीको अगाडिको सिसामा क्षति पुगेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

नुभयो । श्रेष्ठको गाडीको भाइजरसमेत फुटेको छ। गाडीमाथि आक्रमण निर्वाचन बहिष्कार समूहबाट भएको आशङ्कामा अनुसन्धान थालिएको र तोडफोड गर्नेहरुको खोजी भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर