गृहमन्त्री खाणको दाबी- ‘विपक्षी पार्टीको चुनावी नतिजा सोचेभन्दा धेरै कम आउनेछ’

गृहमन्त्री  बालकृष्ण खाणले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था गरिसकेको बताएका छन्।

गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक शक्ति परिचालन गरिएको बताएका हुन्।

उनले निर्वाचनका क्रममा हुनसक्ने घटनाहरूलाई मध्यनजर गरी सरकारले नेपाली सेनाको हेलिकप्टर र हवाइजहाजलाई अलर्ट गरिसकेको बताए। रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका खाणले आफूमाथि लाग्दै आएको आसन्न निर्वाचनका गलत तथ्यांकहरू प्रस्तुत गरेको आरोपबारे सञ्चारमाध्यमहरूले जनमत सर्भे गरी प्रसारण गरेका तथ्यांकहरू रहेको दाबी गरे।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले निर्वाचनबारेका कुनै पनि पूर्वानुमानका तथ्यांकहरू सरकारले प्रस्तुत गर्न नमिल्ने र नगर्ने पनि बताए। उनले आसन्न निर्वाचनबाट नेपाली कांग्रेस देशको ठूरो राजनीतिक पार्टी बन्ने र गठबन्धनकै सरकार बन्ने दाबी गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले विपक्षी दलहरूले सोचेको र देखाएको तामझामअनुसारको निर्वाचन नतिजा नआउने दाबी गरे।

गृहमन्त्री खाणले उम्मेदवार, जनता, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाकोे दायित्व सरकारको भएकाले कुनै पनि राजनीतिक दल र उम्मेदवारहरूलाई सुरक्षा चाहिए सरकार सुरक्षा उपलब्ध गराउन सक्षम रहेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर