रूपन्देहीलाई देशकै नमूना जिल्ला बनाउँछु : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले रूपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने बताएका छन्।

उपाध्यक्ष पौडेलले जिल्लाको विकासका लागि दीर्घकलीन महत्त्वका केही महत्त्वपूर्ण आयोजनाहरू सुरु गरिसकेको, कुनै सम्पन्न भइसकेको र केही निर्माणाधीन रहेको बताउँदै आगामी दिनमा रूपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने दाबी गरेका हुन्।

उनले रूपन्देहीमा निजी क्षेत्रहरूको लगानीको आकर्षण बढिरहेको बताए। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले आगामी दिनमा जिल्लामा झनै लगानीको वातावरणलाई उत्साहित बनाउन विकासका कामलाई तीव्रता दिने बताए।

उपाध्यक्ष पौडेलले रूपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताए। उनले लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्त्वका पूर्वाधारको निर्माण कार्यलाई तीव्र बनाइरहेको बताए।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पौडेलले नेकपा एमालेले घोषणापत्रमा राखेका प्रतिबद्धताहरू कार्यान्वयन हुनसक्ने मात्रै रहेको भन्दै घोषणापत्र कार्यान्वयनका लागि प्रभावकारी प्रयासहरूको जरुरी रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *