सोलुखुम्बुका मतदान अधिकृत बिल्टु राय मृत फेला, अनुसन्धानगर्दै प्रहरी

सोलुखुम्बुमा मतदान गराउन खटिएका मतदान अधिकृत बिल्टु राय मृत भेटिएका छन्।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेचासल्यान गाउँपालिका–४ नेचाबेतघारीस्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत भेटिएका हुन्। अन्य कर्मचारीले उठाउन जाँदा राय शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राय शुक्रबार सकुसल अवस्थामा सुतेका थिए। उनी निर्वाचन सामग्री र अन्य कर्मचारीसहित मंसीर १ गते मतदान केन्द्र पुगेका थिए।

मतदान अधिकृत रायको मृत्यु भएपछि सहायक मतदान अधिकृतमार्फत वा अर्को मतदान अधिकृतको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका जिल्ला निर्वाचन अधिकारी रामनारायण शाहले बताए।

‘सहायक मतदान अधिकृतलाई नै मतदान अधिकृतको काम गर्न भनेका छौं। तर, सक्दिन भनिरहनु भएको छ, ‘ शाहले भने, ‘सके उहाँले नै मतदान अधिकृतको काम गर्नुहुन्छ, नसक्ने अवस्थामा अर्को मतदान अधिकृतको व्यवस्था गर्नेछौं।’

घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसका लागि प्रहरी टोली खटाईको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर