रवि लामिछानेले हालेनन् प्रदेश सभातर्फ भोट, भन्छन्- ‘प्रदेश संरचनामा सुधार आवश्यक’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन्।

उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन्।

सभापति लामिछानेले प्रदेश सभा सदस्यामा भने मत हालेनन्। अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म आफू त्यसमा सहभागी नहुने उनको भनाइ छ। अहिलेको प्रदेश सभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेश सभामा आफू सहभागी नबनेको बताए।

चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न पाएनन्। भोट खसालिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफूले जितेमा देश समृद्ध, सुशासित हुने प्रतिवद्धता जनाए।

उनले देशलाई आफूले जिते अन्य मुलुकजस्तै समृद्ध बनाउने दाबी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *