आमनिर्वाचन-२०७९

डडेल्धुरामा देउवाको प्रारम्भिक अग्रता, सागर ढकाल तेस्रो स्थानमा

सबैभन्दा बढी चासोका साथ हेरिएको डडेल्धुराको चुनावको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
५०० मत गणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले २३९ मत पाएर अग्रता लिएका छन्।

१४१ मत ल्याएर कांग्रेस (बीपी) का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल दोस्रो स्थानमा छन्।

स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन्।

डडेल्धुरामा प्रतिनिधि सभामा कांग्रेसका देउवा, कांग्रेस बीपीका मल्ल, स्वतन्त्र उम्मेदवार ढकालसहित ८ जना उम्मेदवार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर