आमनिर्वाचन-२०७९

उदयपुर १ मा कांग्रेसका नारायण खड्का अगाडि, एमालेकी मञ्जु चौधरी दोस्रो

उदयपुर क्षेत्र नम्बर १ मा परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका डा. नारायण खड्काले अग्रता लिएका छन्। एक हजार मत गणना हुँदा खड्का ४०४ मत ल्याएर अग्रस्थानमा छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चौधरीले ३८७ मत ल्याएर पिछा गरिरहेकी छन्। राप्रपाका ध्रुवकुमार रायमाझीले ५१, जसपाका गोपाल राईले ४६ , राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले ३४ मत प्राप्त गरेका छन्।

उदयपुर १ मा २०६४ सालदेखि कांग्रेसकै खड्का विजयी हुँदै आएका छन्। उनी त्यस क्षेत्रका प्रभावशाली र जनस्तरमा भिजेका नेता मानिन्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर