आमनिर्वाचन-२०७९

मनाङ प्रदेश सभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित

मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजंग गुरुङ  विजयी भएका छन्।

मुनिन्द्रजंगले नेकपा एमालेका उम्मेदवार राजनबहादुर गुरुङलाई पराजित गरेका हुन्।

३ सय ३० मतको अन्तरले मुनिन्द्रजंग विजयी भएका हुन्। मुनिन्द्रले एक हजार २ सय ५५ मत पाउँदा राजनले ९२५ मत प्राप्त गरे।

यसअघि मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र २ मा भने राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिनिधि सभातर्फ भने मतगणना चलिरहेको छ। प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ मुख्य प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर