कुलमान भन्छन्, ‘चालु आर्थिक वर्षमा नेपालको जलविद्युत् उत्पादन क्षमता ३ हजार मेगावाट पुग्छ’

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका छन्।

बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत् आयोजनाहरू सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका हुन्।

घिसिङले अबको ५/६ वर्षमा १५ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता हुने बताए। उनले १५ हजार मेगावाट विद्युत उत्पादन पुग्दा करिब ५ अर्ब रुपैयाँ विद्युत् प्राधिकरणबाट राजस्व संकलन हुने दाबी गरे।

उनले जलविद्युत् उत्पादन ३ हजार मेगावाट पुग्दा ५० अर्ब राजस्व सरकारलाई तिर्नुपर्ने बताए। उनले सरकारलाई वार्षिक रूपमा १ अर्ब ७० करोड रुपैयाँ प्राधिकरणले राजस्व तिर्ने गरेको बताए।

उनले विद्युत् प्राधिकरणले एउटा जलविद्युत् आयोजनाबाट करिब ७० करोड रुपैयाँ राजस्व तिर्ने गरेको बताए। घिसिङले १५ वर्ष नाघेका धेरै जलविद्युत् आयोजनाहरू रहेकाले १० प्रतिशतले राजस्व बढेको बताए।

प्रमुख कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाहरूको प्रवर्द्धन गर्नसके राजस्वमा ठूलो योगदान पुग्ने बताए। उनले ३ वर्षभित्र ५ हजार मेगावाट उत्पादन क्षमता बन्ने बताए।

उनले चालु आर्थिक वर्षको ५ महिनामा विद्युत् निर्यातमार्फत ११ अर्ब आम्दानी गरेको बताए। उनले जलविद्युत् मुलुकको समृद्धिको लागि महत्त्वपूर्ण रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *