आमनिर्वाचन-२०७९

बाँके ३ मा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर विजयी

बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन्। वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौर २९ हजार ४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार दुई सय ४७ मत प्राप्त गरेका छन्। राठौरले चार हजार सात ९३ मतको अन्तरले कक्षपतिलाई पराजित गरेका हुन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले सात हजार चार सय ३९ मत प्राप्त गरेको निर्वाचन अधिकृत भण्डारीले बताए। उनका अनुसार सो क्षेत्रमा कुल ७४ हजार दुई १३ मत खसेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *