आमनिर्वाचन-२०७९

कांग्रेस नेता शशांक कोइराला नवलपरासी पूर्व १ बाट चौथोपटक विजयी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता शशांक कोइराला विजयी भएका छन्। कोइरालाले यस क्षेत्रबाट लगातार चौथोपटक जित निकालेका हुन्।

उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्। पौडेलले २५ हजार ४७ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे।

महामानव बीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. कोइराला यस क्षेत्रबाट संविधान सभा निर्वाचन २०६४, २०७० र प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा फराकिलाे मतका साथ विजयी भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *