काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटा विजयी

काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन्।

बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पाँच हजार आठ सय ६३ मतान्तरले पराजित गरेका हुन्।

मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गरेका छन्।

यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार पाँच सय ८६ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा १६ जना प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए। यस क्षेत्रमा एक लाख तीन हजार तीन सय ९१ ले मतदान गरेका थिए। बाँस्कोटा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ मा निर्वाचित भएर मन्त्रीसमेत भएका थिए।

विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गरेका बाँस्कोटाले पार्टीका विभिन्न भ्रातृ सङ्गठन तथा पार्टीको जिल्ला नेतृत्वसमेत गरेका थिए। उनी पार्टीको पोलिटब्युरो सदस्य हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *