सरकारले सोचे जस्तो विदेशी लगानी आउन सकेन : वाणिज्य सचिव ज्ञवाली

उद्योग सचिव तोयम रायले रुग्ण उद्योग चलाउने वा नचलाउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रवार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव रायले रुग्ण उद्योग चलाउने वा नचलाउने भन्ने बारेमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक भएको बताएका हुन्।

उनले रुग्ण उद्योगमा प्रयोग भएका मेसिनको पाटपूर्जा बिग्रिएमा विश्वमा नै नपाउने अवस्था रहेकाले निजी क्षेत्र र सरकार बसेर गम्भीर रुपमा छलफल गर्न आवश्यक बताए। उनले सरकारले विराटनगरको जुट मिल, हेटौँडाको कपडा उद्योग र जनकपुरको चुरोट कारखाना सञ्चालनमा ल्याउने भनेपनि समस्या रहेको बताए।

उनले पछिल्लो समय निजी क्षेत्र चार वस्तुको आयात प्रतिवन्ध भएको विषयलाई ठूलो मुद्दा बनाएको बताए। उनले सरकारले ६ महिनासम्म पाँच वस्तुको आयात खुल्ला गरेको भए थप ५० अर्बको सामान आयात हुने देखिएको बताए। सचिव रायले चार वटा वस्तुको आयात प्रतिवन्धले मात्रै उद्योग व्यापारमा माग कमी नभएको बताए।

त्यस्तै वाणिज्य सचिव डा. तोयनारायण ज्ञवालीले सरकारले सोचे जस्तो विदेशी लगानी आउन नसकेको बताउनु भयो । उहाँले नेपाल जस्तै देश भियतनाम,कम्बोडिया जस्ता देशहरुमा जीडिपीको १५ प्रतिशतसम्म पुगेको बताए। उनले नेपालमा भने जिडीपीको १ प्रतिशतमा रहेको बताए।

उनले द्योगहरुको अन्तराष्ट्रिय देशहरुमा गुणस्तर तथा लागतको हिसावले प्रतिस्पर्धा गर्न सक्नुपर्ने अवस्था रहेको बताए। उनले मन्त्रालयले अहिले आएका नयाँ स्टार्ट अप उद्यमको क्षेत्रमा पनि जान आवश्यक रहेकाले मन्त्रालयले काम गर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर