साहसिक खेलमा त्रिभुवन आर्मी क्लब ए विजयी

नेपाली सेनाको आयोजनामा धादिङको बैरेनीदेखि चरौँदीसम्म भएको साहसिक खेल (पाँचौं कोस इन्टरनेशनल त्रि–एड्भाञ्चर कम्पिटिसन २०२२) मा नेपाल आर्मी क्लब ‘ए’ विजयी भएको छ ।

आज भएको उक्त प्रतियोगिताका विजयी त्रिभुवन आर्मी क्लब ‘ए’ ले रु दुई लाख पुरस्कार प्राप्त गरेको छ । उक्त प्रतियोगितमा नेपाल आर्मी क्लब ‘बी’ द्वितीय हुँदै रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ ।

यस्तै सशस्त्र प्रहरी बल नेपालको टिम तृतीय हुँदै रु एक लाख पुरस्कार प्राप्त गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतियोगितामा पाड्ले नेपाल चौथो भयो भने ट्रिथलोन धरान पाँचौं भएको छ । उक्त प्रतियोगितामा ६ दशमलव ७ किमी दौड, २६ किमी साइक्लिङ र ११ किलोमिटर र्याफ्टिङ गरी तीन इभेन्ट समावेश भएको थियो । प्रतियोगितामा मित्रराष्ट्र भारतका दुई र बेलायतका एक समूहसहित २० समूहका ८० खेलाडीको सहभागिता थियो ।

भारतको एफसिसी रेसिङ समूह सर्बाेत्कृष्ट अन्तर्राष्ट्रिय समूह घोषित भएको छ । विसं २०७१ सालदेखि राष्ट्रियस्तरमा सञ्चालन भएको उक्त प्रतियोगिता २०७४ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा रुपमा परिणत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर