आमनिर्वाचन-२०७९

रामेछापमा कांग्रेसका कान्छाराम तामाङ फराकिलो मतान्तरले विजयी

एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको रामेछापबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका कैलाश ढुंगेललाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।

आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार तामाङले ढुंगेललाई १६ हजार ३६९ को मतान्तरले हराए।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ४७ हजार ९८ मत ल्याउँदा ढुंगेलले ३० हजार ७२९ मत प्राप्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर