‘महिला हिंसा रोक्न स्थानीयदेखि केन्द्र तहसम्म उजुरी दिने संरचना बनाउन आवश्यक’

महिला तथा लैङ्गिक हिंसाबाट महिलालाई सुरक्षित बनाउन स्थानीय तहदेखि केन्द्रसम्म उजुरी दिने संरचना बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन्।

बुधवार १६ दिने महिला हिंसाविरुद्धको अभियानको अवसरमा आायेजित महिला तथा लैङ्गिक हिंसा र नेपाली राजनीतिमा यौनिक अल्पसंख्यक विषयक कार्यक्रम बोल्दै विज्ञहरुले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै महिला तथा लैङ्गिक हिंसासम्बन्धी अनुसन्धानकर्ता इन्दिरा पन्थीले नेपालका राजनीतिकर्मी महिला, पत्रकार वा व्यवसायी महिलाहरु सबैले लैङ्गिक हिंसा भोग्नुपरेको अनुसन्धानले देखाएको बताइन्। उनले राजनीतिक क्षेत्रमा लागेका महिलामा बढी मात्रामा लैङ्गिक हिंसा हुने गरेको बताइन्।

पन्थीले महिलाका कुरा पुरुष नेताले स्वीकार नगर्ने,नेतृत्वमा जान नदिने जस्ता हिंसा भोग्ने गरेको अनुसन्धानमा देखिएको उल्लेख गरिन्। उनले महिलाहरु नेतृत्वमा पुग्दासमेत पुरुष नेताकै कारण पुगेको भनेर महिलाको चरित्र र महिलाको क्षमता माथि प्रश्न उठाउने गरेको बताइन्।

अनुसन्धान कर्ता पन्थीले राजनीतिकर्मी महिलाको हीतको विषयमा बोल्ने संरचना नरहेको जिकिर गरिन्। उनले महिला राजनीतिकर्मीबीच पनि एक आपसमा एकता नभएको बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *