![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी](https://www.pardafas.com/wp-content/uploads/2022/12/Governer-079-08-15.jpg)
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए।
बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनु नपर्ने बताए । ‘समस्या समाधानका लागि हामी खुला छौं,’ उनले भने, ‘केही समस्या छन् भने समाधानका लागि हामी खुला छौं।’
गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधानान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताए।
प्रतिक्रिया