स्कुल जाँदै गरेकी बालिकाको ग्रेडरले कुल्चिएर मृत्यु भएपछि धनगढी तनावग्रस्त

धनगढी–५, हसनपुरमा ग्रेडरले कुल्चिँदा एक बालिकाको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ ।

धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान १०ः २० बजे कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । बालिका साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेबल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ग्रेडरले ठक्कर दिएको थियो ।

ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक साउद पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत थिइन् । अहिले उनको शव घटनास्थममा नै रहेको छ भने स्थानीयहरुले सडकमा विरोध गरिरहेका छन् ।

घटनास्थलमा आफन्त र स्थानीयहरुले विरोध गर्दा सवारी आगामन ठप्प बनेको छ । घटनास्थलमा अहिले प्रहरीको टोली परिचालन गरिएको छ ।

घटनास्थलका तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर