मंसिर २२ देखि भृकुटीमण्डपमा विद्युतीय सामग्रीको वृहत् प्रदर्शनी

काठमाडौंको भृकुटीमण्डपमा मंसिर २२ गतेदेखि २५ गतेसम्म इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत् प्रदर्शनी हुने भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा अन्तर्राष्ट्रियस्तरको इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२२’ हुने भएको हो ।

बिहीबार महासंघले काठमाडौंमा पत्रकार गरी काठमाडौंको भृकुटीमण्डपका मंसिर २२ गतेदेखि २५ गतेसम्म इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत प्रदर्शनी हुने जानकारी दिएको हो ।

सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष सुरेन्द्रप्रसाद पौडेलले विद्युत् तथा विद्युतीय सामग्रीको व्यवसाय विकास र आन्तरिक तथा वाह्य व्यापार सहजीकरण एवम् प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।

उनले मुलुकमा बढ्दै गएको विद्युतको उपभोगमा वृद्धि गरी देशलाई आर्थिक रुपमा सवल बनाउने र विद्युतीय व्यापार प्रवर्द्धनमा टेवा पुग्ने बताए । उनले इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स, सञ्चार, वैकल्पिक ऊर्जा उद्यमीहरुलाई समेत एक ठाउँमा मेलाले जमघट गराउने बताए ।

उनले मेलामा ४९ वटा ब्लकहरुमा २६ वटा स्टल गरी ७५ वटा प्याभिलियन स्टलहरु राखिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर